
तेहरान, २१ फागुन । इरान विरुद्ध संयुक्त राज्य अमेरिका–इजरायलले गरेको आक्रमणको छैटौं दिनमा, खाडी, लेबनान र इराकमा क्षेत्रीय तनाव तीव्र हुँदै जाँदा इरान भित्रको अवस्था बिग्रँदै गएको छ।
इरानले होर्मुजको जलडमरूमा विश्वव्यापी ढुवानीलाई बाधित गर्ने धम्की दिएको छ, र मध्य पूर्वका धेरै मोर्चाहरूमा लडाईं फैलिरहेको छ। यसैबीच एक अमेरिकी पनडुब्बीले श्रीलंकाको तटमा एक इरानी युद्धपोत डुबाएको छ ।
इरानमा
मृत्युको संख्या ःइरानी राज्य सञ्चारमाध्यमका अनुसार, पाँच दिनसम्म चलेको अमेरिका–इजरायली आक्रमणमा मृत्यु हुनेको संख्या १,०४५ पुगेको छ भने ६,००० भन्दा बढी घाइते भएका छन् ।
अर्कासर्वोच्च नेता चयन ः इरानका दिवंगत सर्वोच्च नेता अयातोल्लाह अली खामेनीका छोरा मोज्तबा खामेन स्थापित भएका छन् । शक्तिशाली इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आइआरजिसी) सँग घनिष्ठ सम्बन्धको वर्षौंपछि कोप्र्सकै दवावामा देशको शीर्ष पद सम्हाल्न पुगेका छन्।
नागरिक पूर्वाधार ः इरानको विदेश मन्त्रालयले अमेरिका र इजरायलमाथि देशभरका ३३ वटा नागरिक स्थलहरूमा आक्रमण गरेको आरोप लगाएको छ। यी स्थानहरूमा अस्पताल, विद्यालय, आवासीय क्षेत्र, तेहरान ग्रान्ड बजार र ऐतिहासिक गोलस्तान दरबार परिसर छन्।
अमेरिकी पनडुब्बीले इरानी युद्धपोत डुबायो ः बुधबार, एक अमेरिकी पनडुब्बीले श्रीलंकाको दक्षिणी तटमा हिन्द महासागरमा इरानी फ्रिगेट आइरिस देनालाई टार्पेडो प्रहार गरी डुबायो, जसले युद्धक्षेत्र विस्तार गरेको छ । । श्रीलंकाको नौसेनाले ८७ शवहरू बरामद गरेको र ३२ जनालाई उद्धार गरेको बताएको छ।
कुर्दिश जमिन आक्रमण ः कुर्दिश–इरानी सशस्त्र समूहहरूले उत्तरपश्चिम इरानमा इस्लामिक सरकार विरुद्ध जमिन आक्रमण सुरु गरेको संकेत बढ्दै गएको छ।
इराकी कुर्दहरू द्वन्द्वमा सामेल हुन सक्ने सम्भावना ः अमेरिकी अधिकारीहरूले इराकी कुर्दहरूलाई सीमापार सैन्य कारबाहीमा सहयोग गर्न आग्रह गरेको समाचार छ, र उत्तरी इराकमा कुर्दिश सेनाहरू हाल इरान विरुद्धको द्वन्द्वमा सामेल हुन ूतयारू रहेको बताइएको छ।
हर्मुज जलडमरूम ः बुधबार, (आइआरजिसी) ले जलडमरूम बन्द गर्ने घोषणा गर्यो, जहाँ जहाजहरूमाथि आक्रमण गर्ने इरानी धम्कीले समुद्री गतिविधिलाई ठप्प पारेको छ।
स्पेनको अस्वीकार ः इरानी राष्ट्रपति मसूद पेजेश्कियानले युद्धको लागि अमेरिकालाई आफ्नो आधारहरू प्रयोग गर्न अनुमति दिन अस्वीकार गरेकोमा स्पेनको प्रशंसा गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार कटौती गर्ने धम्की दिएका छन्।
