राजनीति

बर्दिवास, २१ फागुन । महोत्तरीका उम्मेदवार डा। सुरेन्द्र यादवले नभएको व्यक्तिको नाममा मतदान गरिएको भन्दै आपत्ति जनाएका छन्।
जनता समाजवादी पार्टी, नेपालका तर्फबाट महोत्तरी निर्वाचन क्षेत्र नं। ४ मा उम्मेदवार बनेका यादवले मतदानको क्रममा नामै नभएको व्यक्तिको नाममा समेत मतदान गरिएको भन्दै आपत्ति जनाएका हुन् ।
उनले केही मतदान केन्द्रमा मृत वा उपस्थित नभएका व्यक्तिको नाममा भोट हालिएको दाबी गर्दै त्यसबारे छानबिन गर्न निर्वाचन अधिकारीसँग माग गरेका छन्

