आश्चार्यजनक दावी : नोभेम्बरमा सूर्यबाट निस्कने ऊर्जाले पृथ्वीका १० जनाले महाशक्ति प्राप्त गर्नेे !

रोचक समाचार

एजेन्सी । आफूलाई ‘टाइम यात्री’ भनेर चिनाउने एक टिकटक प्रयोगकर्ताले सूर्यबाट निश्केको उर्जा पृथ्वीमा डरलाग्दो विस्फोटपछि पृथ्वीमा ‘सुपर हिरो’ र ‘सुपरभिलेन’ जन्मिने दाबी गरेका छन् ।

यी दावीमा कति सत्यता छ भन्न गाह्रो छ तर @timevoyaging नामको यो प्रयोगकर्ताको भिडियोमा ५४०० भन्दा बढी लाइक आइसकेका छन् । यो स्पष्ट छ कि मानिसहरू सत्य वा झूट बाहेक आफ्नो भविष्यको बारेमा जान्न धेरै चासो राख्छन्।

डेलीस्टारको समाचार अनुसार आफ्नो भिडियोमा एक टिकटक प्रयोगकर्ताले नोभेम्बर २०२२ मा सूर्यले पृथ्वीमा दुर्लभ ऊर्जा विस्फोट गर्ने चेतावनी दिएका छन्, जसले १० जनालाई महाशक्ति दिनेछ। उनले दाबी गरे कि विष्फोटबाट सबैभन्दा बढी प्रभावित भएकाहरूमा टेलिकिनेसिसदेखि अनन्त स्ट्यामिनासम्मको शक्ति हुन्छ, तर ती सबैले राम्रोको लागि प्रयोग गर्दैनन् ।

दावी : दुष्ट शक्तिहरूले जीवन बर्बाद गर्न सक्छन्
भिडियोमा टिकटक प्रयोगकर्ताले भने, ‘सावधान ! हो, म एक वास्तविक समय यात्री हुँ, १० जनाले चाँडै महाशक्ति प्राप्त गर्नेछन् । नोभेम्बर १४, २०२२ मा, सूर्यबाट एक दुर्लभ ऊर्जा तरंग निस्कनेछ जुन पृथ्वीमा ठोक्किनेछ। उनले भने, ‘यसबाट सबैभन्दा बढी प्रभावित हुने १० जनाले महाशक्ति पाउनेछन् । कतिपय शक्तिहरू राम्रा हुन्छन् जस्तै अचम्मको स्ट्यामिना र टेलिकिनेसिस तर केही धेरै नराम्रो हुनेछन् र तपाईंको जीवन बर्बाद गर्न सक्छन्।

प्रयोगकर्ताले भने– म शक्ति लिन घरबाहिर निश्कनेछु
भिडियो सेयर हुनेबित्तिकै यसमा प्रयोगकर्ताको कमेन्टको बाढी आएको छ । केही व्यक्तिहरूले यी दावीहरूको बारेमा थप जानकारीको लागि सोधे भने केहीले विश्वासै गरेनन् । एक प्रयोगकर्ताले सोधे, ‘त्यस्तो महाशक्ति पाउने व्यक्तिहरूको नाम के हो ?’ अर्को प्रयोगकर्ताले लेखेका छन्, ‘म महाशक्ति प्राप्त गर्न त्यो दिन दिनभर बाहिरै हुनेछु । म त्यसलाई नराम्रोका लागि प्रयोग गर्दिन ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार