स्वाट्टै घट्यो पेट्रोलको मूल्य

Uncategorized

बर्दिवास, २ माघ । पेट्रोलको मूल्य स्वाट्टै घटेको छ । नेपाल आयल निगमले आज माघ २ गते शुक्रबारदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

निगमका अनुसार प्रतिलिटर पेट्रोलमा रु ३ र डिजेलर र मट्टितेल प्रतिलिटर रु १ ले घटाइएको हो ।

भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य घटेर आएपछि निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको निगमले जनाएको हो ।

नयाँ मूल्यसूची अनुसार काठमाडौँ, पोखरा र दिपायल (तेस्रो वर्ग) मा अब पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ र डिजेल तथा मट्टितेल १३६ रुपैयाँ कायम भएको छ । त्यसैगरी, सुर्खेत र दाङ (दोस्रो वर्ग) मा पेट्रोल १५५ र डिजेल १३५ रुपैयाँ पुगेको छ भने तराईका विभिन्न डिपो क्षेत्रहरू (पहिलो वर्ग) मा पेट्रोल १५३ रुपैयाँ ५० पैसा र डिजेल १३३ रुपैयाँ ५० पैसामा उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार