जहाँ युवाको शुक्रकिट किन्न संसारकै महिलाको होड चल्छ

रोचक समाचार

एजेन्सी, १० माघ । विश्वको सबैभन्दा खुसी र सुन्दर देशहरूमध्ये एक मानिने डेनमार्क पछिल्लो समय एउटा फरक तथा अनौठो कारणले चर्चामा छ । डेनमार्क यस्तो देश हो जहाँ जन्मिने प्रत्येक १०० बच्चामध्ये एउटा बच्चा शुक्रकीट दानमार्फत जन्मिन्छ ।

करिब ६० लाख जनसंख्या भएको यो स्क्यान्डिनेभियाली देश विश्वभर शुक्रकीट निर्यात गर्ने शक्तिकेन्द्रका रूपमा पनि चिनिन्छ । तर पछिल्लो समय त्यहाँ उक्त शुक्रकीट उद्योगलाई लिएर धेरै प्रश्न उठ्न थालेका छन् । यस उद्योगका अँध्यारा पक्षहरू पनि बाहिर आउन थालेका छन् ।

डेनमार्कले धेरै देशहरूमा शुक्रकीट आपूर्ति गर्छ । विश्वभरका महिलाहरू डेनमार्कका गोरो छाला, सुनकेश्रा कपाल तथा निलो आँखा भएका युवकको शुक्रकीटको खोजीमा रहने गर्छन् । यस्ता नर्डिक मानव नश्ललाई भाइकिङ वंश भनिन्छ । त्यही चाहनाको फाइदा उठाउँदै डेनमार्कको शुक्रकीट उद्योगले संसारभर ‘भाइकिङ स्पर्म’ निर्यात गर्छ ताकि सुन्दर र स्वस्थ बच्चा ९भाइकिङ बेबी० जन्मिउन् ।

तर डेनिस शुक्रकीट उद्योगको अँध्यारो पक्ष तब उजागर भयो जब एकजना डोनर १९७ बच्चाको पिता बनेको खुलासा भयो । अझ ती बच्चाहरूमा क्यान्सरसँग सम्बन्धित म्युटेसन रहेको तथ्य पनि सार्वजनिक भयो।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार