प्ले स्टोरमा बग्रेल्ती मानिसको शरीरबाट कपडा हटाउने एप !

रोचक समाचार

एजेन्सी, १७ माघ । एआई प्रविधि प्रयोग गरेर तस्बिरबाट कपडा हटाइदिने खालका दर्जनौँ एपहरू गुगल प्ले स्टोर र एप्पल एप स्टोरमा छिरेका छन् ।

प्राविधिक भाषामा यस्ता एपलाई न्युडिफाई एप भनिन्छ । जसको मुख्य उद्देश्य साधारण तस्बिरलाई अश्लील रूपमा रूपान्तरण गर्नु हो।यी एपहरू एप्पल र गुगल दुवैका एप स्टोरमा खुलेआम उपलब्ध हुनुले नारी अस्मिताको सुरक्षा, व्यक्तिगत गोपनीयता र डिजिटल नैतिकतामाथि गम्भीर खतरा उत्पन्न भएको हो।

यस्ता एपहरूले गुगल र एप्पलका सुरक्षा नीतिहरूको प्रष्ट उल्लङ्घन गरिरहनु झनै चिन्ताको विषय रहेको विज्ञको भनाइ छ । ती एपहरूले कसरी एप स्टोरमा प्रवेश पाए र त्यहाँबाट करोडौँ पटक डाउनलोड हुन सके भन्ने प्रश्न अनुत्तरित रहेको छ ।

यद्यपी ुगल र प्लेस्टोरले यस्ता एप बारे अनुसन्धान थालेको तथा दुई दर्जन यस्ता एप हटाएको सार्वजनिक बयान दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार