सीमामा नागरिकले दुःख पाउदा यहाँकाृ कांग्रेस कहाँ हुनु पर्थ्यो ?– गगन थापा

Uncategorized

बर्दिवास, ६ जेठ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सीमानामा नागरिकले दुःख पाउदा मधेशको कांग्रेस कहाँ थियो र कहाँ हुनु पर्थ्यो ? भन्ने प्रश्न गरेका छन् । ‘जरा अभियान’ अन्तर्गत बुधबार मधेश प्रदेशस्तरीय परामर्श कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै सभापति थापाले भने ‘सीमामा नागरिकले दुःख पाउदा यहाँको कांग्रेस कि प्लेकार्ड बाकेर सडकमा हुनु पर्थ्यो, कि सिडिओ अफिसमा धर्नामा हुनु पर्थ्यो कि त सीमानामा नागरिक संगै हुनु पर्थ्यो ।

नागरिकका दुःखसंग कांग्रेस एकाकार हुन नसकेकाले अब सच्याइनु पर्दछ । उनले अन्याय, विभेद तथा नागरिकमाथि हुने ज्यादतीका विषयमा पार्टी संरचना मौन बस्न नहुने उल्लेख गर्दै सीमा क्षेत्रमा हुने समस्या, सार्वजनिक तथा वन क्षेत्र अतिक्रमणजस्ता विषयमा कांग्रेसले जनताको आवाज बन्नुपर्ने धारणा राखे। नागरिकमाथि जबर्जस्ती व्यवहार गरेर, रातारात डोजर चलाएर वा विस्थापित गरेर समाधान खोज्ने प्रवृत्तिले सामाजिक सम्मानमा चोट पुगेको उनको भनाइ थियो।

विगत ६–७ वर्षमा नागरिकले हामीलाई नागरिकले टेलिभिजन, पत्रपत्रिका, रेडियोमा सुन्दा र देख्दा सधैं कोही न कोही हामै साथी विभिन्न काण्डमा मुछिएको, कि आफूआफूमै झगडा गरिरहेको, वर्षमै दुई, तीन पटक सरकार ढलेको, ढालिएको देखेर वाक्क भएको हामीले बुझ्नु पर्छ । उनले भने ‘एकपल्ट इनीहरूलाई स्वाद चखाउनै पर्छ भन्ने उनीहरूलाई लाग्यो र परिणाम सबैको सामू छ ।’ आगो बलिरहेको थियो, त्यसमा पेट्रोल खन्याउने लामवद्ध भएर बसेका थिए, हामीले समयमै निभाउन सकेनौं, सभापति थापाको स्वीकारोक्ति थियो ।

नेपाली कांग्रेका लागि सबैभन्दा मुख्य कुरा स्वतन्त्रता भएको बताउदै भने ‘कांग्रेस कमजोर हुँदा स्वतन्त्रता खोस्नेहरू वस्त्र फेरिफेरि आउँदा रहेछन् कहिले हरियो लगाएर कहिले कालो लगाएर ।’ अब पार्टी पुरानो तरिकाले नचल्ने भएकाले डिजिटलाइज्ड गर्न खोजिएको उनको भनाई थियो । काग्रेस डिजिटलाइज्ड भएको भए आज यो कार्यक्रममा यसरी जम्मा हुनु पर्ने नै थिएन भन्दै उनले आफूले एक ठाउँबसेर सबै क्रियाशिल सदस्यसंग प्रतक्ष्य अन्तरक्रिया गर्न सकिने हुन्थ्यो । पार्टीका फरक विचार राख्ने नेताप्रति लक्षित गर्दै उनले भने ‘डिजिटलाइज्ड गराउन खोज्दा किन आपत्ति ? क्रियाशिल सदस्यका लागि डिजिटल फारम भरौं भनेको हो, फारम भर्दा आफ्नो मोवाइल नम्वर र फेसबुक आईडी भए लेखौं भनेको हो । यसमा किन अर्घेलो ?’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार