मतगणना रोक्न माग गर्दै कानुनी प्रक्रियामा ट्रम्प

अन्तराष्ट्रिय

trump-photo-1-400x220

trump-photo-1-400x220

काठमाडौं । अमेरिकी राष्ट्रपतिको निर्वाचनमा आफ्नो पराजय हुने देखिएपछि राष्ट्रपति पदका उम्मेद्वार एवं वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प जारी मतगणना रोक्न माग गर्दै कानुनी प्रक्रियामा सामेल भएका छन् ।

निर्वाचनमा अर्का उम्मेद्वार जो बाइडनको स्पष्ट अग्रता देखिन थालेपछि ट्रम्प कानुनी प्रक्रियामा लागेका हुन । राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी प्रचार अभियान समूहले मिशिगन, पेन्सल्भेनिया र जोर्जामा मतगणना रोक्न माग गरेको छ ।यसअघि ट्रम्पको समूहले विस्कन्सिनमा पनि पुनः मतगणना माग्ने जनाइसकेको छ ।

उता महत्त्वपूर्ण परिणाम आउन बाँकी छँदै जोन बाइडनले राष्ट्रपति पद सम्हाल्न आफूले पर्याप्त राज्यमा जित्ने स्पष्ट भइसकेको बताएका छन् । अहिलेसम्म बाइडनले २६४ इलेक्टोरल मत प्राप्त गरेका छन् भने ट्रम्पले कुल २१४ इलेक्टोरल मत पाएका छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार