हरियो सिङ भएका खसीबोेका मात्रै खरिद गर्न महानगरको आग्रह

स्थानिय खबर

anuguman-1

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्वस्थ खसीबोका चिनेर मात्रै खरिद गर्न उपभोक्ताहरूलाई आग्रह गरेको छ ।
महानगरपालिकाका पशु सेवा महाशाखा प्रमुख डा.अवधेश झाले बजारमा अनुगमन गरी स्वस्थ र अस्वस्थ खसीबोका छुट्याइएकाले चिनेर मात्रै खरिद गर्न आग्रह गरेका हुन् ।

स्वस्थ पशुको सिङमा हरियो रङ र अस्वस्थमा रातो रङ लगाइएको उनले बताए । उपभोक्ताले हरियो रङ लगाइएका खसीबोका र च्याङ्ग्रा मात्रै खरिद गर्नुपर्ने उनको सुझाव छ । दसैँ नजिकिएसँगै उपत्यकाका मुख्य खसीबोका बजारमा नियमित अनुगमन गरी महानगरपालिकाले स्वस्थ र अस्वस्थ खसीबोका र च्याङ्ग्राको पहिचान गर्दै हरियो र रातो रङ लगाई छुट्याएको छ ।

पशुको तापक्रम नाप्ने, नाकबाट सिँगान बगे नबगेको, पखाला लागे नलागेको, झोक्राएर बसे नबसेको हेरेर स्वस्थ र अस्वस्थ पशु छुट्याउने गरेको छ । यसरी हेर्दा स्वस्थ देखिए बिक्रीका लागि स्वीकृति दिइएको जानकारी डा। झाले दिए ।

उनले भने, चेकजाँचका क्रममा अस्वस्थ भएको पाइए छुट्टै आइसोलेसनमा राखेर उपचार गर्न लगाइएको छ ।ु

दसैँको बेला काठमाडौंका खसीबोका बजारमा देशका विभिन्न स्थान तथा भारतदेखि समेत खसीबोका र च्याङ्ग्रा ल्याई बिक्री वितरण सुरु भइसकेको छ । यस्तो अवस्थामा अस्वस्थ पशुको बिक्री वितरण हुन सक्ने भन्दै महानगरपालिकाले अनुगमन गरी स्वस्थ र अस्वस्थ पशु छुट्याई स्वस्थ पशुको सिङमा हरियो रङ र अस्वस्थको सिङमा रातो रङ लगाएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार