रुस भन्छ – यी कार्य पूरा भएपछि युक्रेन युद्ध रोकिन्छ

अन्तराष्ट्रिय

ucrfen-udha

एजेन्सी । अमेरिकी नेतृत्वको नेटो सेनाले रुसलाई धम्क्याउन युक्रेनी भूमिको प्रयोग रोके मस्कोले युक्रेनमाथिको सैन्य कारबाही रोक्ने एक वरिष्ठ रुसी अधिकारीले बताएका छन् । रुसी विदेश मन्त्रालयलका वरिष्ठ अधिकारी अलेक्सी पोलिसचुकले रुसी सञ्चार माध्यम ताससँगको कुराकानीमा सो विचार व्यक्त गरेका हुन् ।

‘आफ्ना कार्यहरू पूरा भएपछि विशेष सैन्य कारबाही समाप्त हुनेछ । दोनबासको जनसंख्याको संरक्षण, युक्रेनको निशस्त्रीकरण र नेटो देशहरूले कब्जा गरेको युक्रेनी भूभागबाट रुसलाई आउने खतराको अन्त्य ती कार्य हुन् ’, उनले भने ।

नेटोले युक्रेनी भूभागबाट रुसलाई कसरी धम्क्याएको छ भन्ने बारेमा उनले कुनै विवरण दिएनन् । युक्रेनमाथिको कारबाही योजनबद्ध ढंगले अगाडि बढेको र ‘उसले आफ्ना सम्पूर्ण योजना पूरा गर्ने’ उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार