मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड

banner

madan-jabram_xuwitzizn3

हेटौडा । हेटौंडा उपमहानगरपालिका–९ मा निर्माण हुँदै गरेको दिव्य बाल उद्यानमा तोडफोड भएको छ । गएराति अज्ञात समूहले पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड गरेको हो । बिहान पार्कमा मर्निङ्वाक गर्न आएका स्थानीयले शालिक तोडफोड भएको देखेपछि पार्क व्यवस्थापन समितिलाई खबर गरेका थिए ।

स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक पूर्वाग्रह राखेर यस्तो घटना घटाइएको हेटौंडा–९ का वडाध्यक्ष तथा पार्क व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले आरोप लगाए । मदन भण्डारीको शालिकको शिर भाँचेर केही तल खोलामा फालिएको र आश्रितको पूरै शालिक उखेलेर फालिएको अवस्थामा रहेको उनले बताए ।

पार्कमा रहेका अन्य संरचना भने यथावत रहेको उनले बताए । ुत्यहाँ रहेका गमला, बत्ती केही नगरिनु र शालिकलाई मात्रै असर पुग्ने गरी घटना घटाइनु मदनको विचारसँग पनि असमर्थ रहेकाले नियोजित रुपमा गरिएको अपराधिक कार्य भएको भण्डारी बताउँछन् । इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख प्रहरी निरीक्षक अविनाश अधिकारी सहितको टोलीले घटनाको अनुगमन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार