नेकपा एसको भागमा परेको मेयरमा पोखरामा आचार्य र हेटौडामा लामा मेयर उम्मेदवार

banner

acharya-n-lama

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफूले पाएको एउटा महानगरपालिका र एक उपमहानगरपालिकाको टिकट टुंगो आज लगाउँदैछ । सत्ता गठबन्धनको भागबन्डामा उसले ६ महानगरमध्ये पोखरा र ११ उपमहानगरमध्ये हेटौंडाको प्रमुख पद पाएको छ ।

जसमा निर्वाचन लड्ने उम्मेदवारको टुंगो लगभग लागिसकेको नेकपा एस स्रोतले जनाएको छ । पोखरा महानगरपालिकाको प्रमुखको उम्मेदवारमा धनराज आचार्य र हेटौंडाको प्रमुखमा मीना लामालाई उम्मेदवार बनाइने उक्त स्रोतले बताएको छ ।

पोखरामा ६ जना आकांक्षी थिए । उनीहरूमध्ये आचार्यको नाममा टिकटको टुंगो लागेको स्रोतले बतायो । यस्तै हेटौंडा उपमहानगरपालिका प्रमुखमा लामालाई उम्मेदवार बनाउने सहमति भएको पार्टी स्रोतले जानकारी दिएको छ । दुवै उम्मेदवारको नाम आधिकारिक घोषणा भने हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार