११ नगर सदस्य लिएर जनमुक्ति पार्टी बुटवलमा एमालेलाई मतदान गर्ने

राजनीति

butwal

बुटवल । नेकपा एमाले र राष्ट्रिय जनमुक्ति पार्टीबीच बुटवल उपमहानगरपालिकाको निर्वाचनमा सहकार्य हुने भएको छ । बुटवल र तिलोत्तमा नगरपालिकामा चौथो शक्तिका रूपमा जनमुक्तिसँग यसअघिको चुनावमा कांग्रेसले तालमेल गरेको थियो ।

यस पटक एमालेलाई जनमुक्तिले बुटवलको मेयर,उपमेयर र सबै वडाध्यक्षसहित ८५ पदमा मतदान गर्ने भएको छ । एमालेले जनमुक्ति पार्टीलाई ११ जना वडा सदस्य पद दिने भएको छ ।

एमालेका उपमहानगरपालिका कमिटी अध्यक्ष किसन ज्ञवाली र जनमुक्तिका अध्यक्ष भेकबहादुर सारू मगरले सहमतिमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार