विमानका यात्रुमाथि माइक टाइसनको मुक्का

अन्तराष्ट्रिय

taisaon

एजेन्सी । पूर्व हेभिवेट बक्सर माइक टाइसनले सँगै विमानमा यात्रा गरिरहेका नजिकैका यात्रुले ुपानीको बोतलले हानेपछिु उनलाई मुक्का प्रहार गरेको टाइसनका प्रवक्ताले बताएका छन्।

विमानमा लिइएको भिडिओमा टाइसन आफ्नो सिटमा अडेस लागेर बसिरहेका एक जना पहिचान नखुलेका व्यक्तिलाई निरन्तर मुक्का हानिरहेको देखाइएको छ।

हल अफ फेममा सम्मानित बक्सरका एक जना प्रवक्ताले ‘आफूलाई दुर्व्यवहार गरिरहेका एक जना आक्रामक यात्रुु माथि टाइसनले त्यस्तो प्रतिक्रिया जनाएको उल्लेख गरेका छन्।

त्यसपछि प्रहरीलाई खटाइएको थियो र अस्थायी रूपमा दुई जनालाई पक्राउ गरिएको थियो। एक जना व्यक्तिलाई सान फ्रान्सिस्को विमानस्थलमा नै उपचार गरिएको थियो।

‘ती व्यक्तिले घटनाबारे एकदमै कम कुरा बताए र प्रहरी अनुसन्धानमा सहयोग गर्न अस्वीकार गरेका थिए’, सान फ्रान्सिस्कोको प्रहरी विभागकी एक जना प्रवक्ताले विज्ञप्तिमा भनेकी छन्। थप अनुसन्धान जारी रहँदा दुवैलाई रिहा गरिएको छ। प्रहरीले त्यसमा संलग्न व्यक्तिहरूको परिचय खुलाएका छैनन्।

जेटब्ल्यूको बुधवार रातिको उडान सुरु हुन लाग्दा विमानभित्र उक्त घटना भएको थियो। सो विमान सान फ्रान्सिस्कोबाट फ्लोरिडातर्फ जान लागेको थियो।

टिएमजेडले प्रकाशित गरेको भिडिओमा सम्पूर्ण विवाद देखिँदैन र त्यो फुटेजमा पानीको बोतल पनि देखिएको छैन। टिएमजेडका अनुसार उडानको सुरुवातमा ती यात्रुसँग तस्बिर खिचाउन टाइसनले सहमति जनाएका थिए तर ती व्यक्तिले टाइसनले ुशान्त रहनु भन्दा भन्दै पनि उनलाई दुर्व्यवहार गरिरहे।

भिडिओमा अर्का यात्रुले शान्त बनाउने प्रयासमा माइकलाई नामले बोलाएको सुनिन्छ तर अर्को व्यक्तिले टाइसनलाई धकेल्ने प्रयास गरेको देखिन्छ। त्यसपछि ती व्यक्तिको निधारमा रगत लागेको जस्तो देखिन्छ।

सान फ्रान्सिस्कोको प्रहरी डिपार्टमेन्टले ‘सम्भवतः घटनालाई समेटिएको हुनसक्ने उक्त भिडिओबारे जानकार रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार