एमालेले छान्यो महानगर र उपमहानगरको मेयर र उपमेयरको उम्मेदवार, को को भए ?

banner

uml_s7bagjtefr

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगर पालिकाको उम्मेदवारको चयन गरेको छ । शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको बैठकले ५ महानगर र ९ उपमहानगरपालिकाको उम्मेदवार छनोट गरेको हो ।

महानगरमा भरतपुर र वीरगञ्जको उपप्रमुखको उम्मेदवार चयन हुन बाँकी रहेको छ । त्यस्तै विराटनगरको प्रमुख र उपप्रमुख नै टुङ्याउन बाँकी रहेको पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । उता उपमहानगरमा जितपुरसिमरा र जनकपुरको उम्मेदवार टुंगो लगाउन बाँकी छ ।

महानगरमा को :
१. काठमाडौँ – प्रमुख – केशव स्थापित
उपप्रमुख– सुनिता डंगोल

२ . ललितपुर( प्रमुख–हरिकृष्ण व्यञ्जनकार
उपप्रमुख – मञ्जली शाक्य बज्राचार्य

३. पोखरा – प्रमुख– दीपक पौडेल र
उप प्रमुख – मञ्जु देवी गुरुङ

४।भरतपुर– प्रमुख – विजय सुवेदी
उपप्रमुख – बाँकी

५। वीरगञ्ज( प्रमुख – विजय सरावगी
उपप्रमुख– बाँकी (तालमेल हुने)

६– विराटनगर – प्रमुख– बाँकी
उपप्रमुख– बाँकी

त्यस्तै ११ वटा उपमहानगर पालिकामा एमालेको तर्फबाट छानिएका उम्मेदवारहरू यस प्रकार रहेका छन् ।

१. इटहरी  : प्रमुख यमकुमार सुब्बा र उपप्रमुख संगीता चौधरी

२।धरान : प्रमुख मञ्जु काफ्ले र पदम लिम्बु उपप्रमुख

३. जनकपुर : प्रमुख बाँकी र उपप्रमुख बाँकी

४ . हेटौंडा : प्रमुख अनन्त पौडेलर उपप्रमुख सुमित्रा काफ्ले

५. कलैया : प्रमुख विनोद साह र उपप्रमुख बाँकी

६ .  जितपुर सिमरा :  प्रमुख बाँकी र उपप्रमुख बाँकी

७. बुटवल : प्रमुख बाबुराम भट्टराई र उपप्रमुख सावित्रा देवी अर्याल

८ . तुल्सीपुर : प्रमुख टीकाराम खड्का र उपप्रमुख स्यानी चौधरी

९ . घोराही : प्रमुख नरुलाल चौधरी र उपप्रमुख मनकुमारी डिसी

१० . नेपालगन्ज : प्रमुख पशुपति दयाल मिश्र र उपप्रमुख शान्तिदेवी ढकाल

११. धनगढी : प्रमुख रणबहादुर चन्दर उपप्रमुख कन्दकला राना थारु

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार