कक्षा १२ को परीक्षा समयतालिका परिवर्तन (सूचनासहित)

banner

national-examinations-board-neb-nepal1

काठमाडौं । राष्ट्रिय परिक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले कक्षा १२ को परीक्षाको समयतालिका परिवर्तन गरेको छ ।

आगामी जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने गरी परीक्षाको समय परिवर्तन गरेको हो ।

बोर्डले यसअघि बिहान ११ बजेदेखि २ बजेसम्म परीक्षा सञ्चालन गर्ने समयतालिका सार्वजनिक गरेको थियो ।

बोर्डले सूचना जारी गर्दै विभिन्न सरोकारवालाहरुले समय तालिका परिवर्तन गरिदिन अनुरोध गरेकाले समयतालिका परिवर्तन गरिएको जनाएको छ ।

neb-exam-sedual

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार