पूर्व लडाकुका दुबै संगठन ओली नेतृत्वमा समाहित

राजनीति

maoist-commandar-home-jpg-pagespeed-ce_-sxlauumzgh-400x220

maoist-commandar-home-jpg-pagespeed-ce_-sxlauumzgh-400x220

काठमाडौं । तत्कालिन माओवादीका लडाकुहरुको संगठन पूर्व जनमुक्ति सेना तथा वहिर्गत वाल सेनाहरुको संगठनहरु केपी ओली नेतृत्वको नेकपामा समाहित भएका छन् ।

शनिवार प्रचण्ड–माधव पक्षधर नेकपा केन्द्रीय सदस्य लिलवहादुर थापा सहित पूर्व लडाकु कमाण्डरहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओली नेतृत्वमा समाहित भएका हुन् । पूर्व लडाकु संगठनका अध्यक्ष टुकवहादुर थापा (अर्जुन) र वहिर्गमित वाल सैनिक संगठनका लेनिन विष्ट सहितका पदाधिकारीहरुले ओली पक्षमा लागेको घोषणा गरेका हुन् ।

नेकपा नेता थापाले पूर्व लडाकु,वहिगर्मित सेना र वाल सैनिकहरुको संगठन अब ओली नेतृत्वको नेकपामा समाहित भएको बताए । उनका अनुसार घाइते अपांग पूर्व लडाकुको उपचार सरकारले व्यहोर्ने गरि मन्त्रिपरिषदले निर्णय गरिसकेको छ ।

त्यस्तै पूर्व लडाकुलाई राज्यको तर्फबाट परिचयपत्र दिने र राज्यका विभिन्न निकाय तथा पार्टीका विभिन्न संरचनामा समायोजना गर्ने सहमति भएको थापाले बताए । त्यस्तै शहीद परिवारका एक घर एक रोजगारको लागि पनि तत्कालै प्रक्रिया थाल्ने सहमति भएको उनले बताए ।

प्रचण्डले आफ्नो लागि ज्यान दिन हिडेका लडाकुलाई अलपत्र पारेर छोरी ज्वाइँको लागिमात्र बार्गेनिङ गरेको आरोप लगाइरहेका ओलीले शनिवार पूर्व लडाकु कमाण्डरहरुसँग छलफल गरेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पूर्व लडाकुसँग भेटेर प्रधानमन्त्री तथा पार्टी अध्यक्षले प्रचण्डले उनीहरुको भावनाको दुरुपयोग गरेको भन्दै आफूले योगदानको सम्मान गर्ने बताएको जानकारी दिए ।

थापाले प्रधानमन्त्रीको भनाई उदृत गर्दै भने–जनयुद्धको अवधिमा तपाईहरुको योगदान,त्याग,वलिदनान र क्रान्तिको सपनाप्रति सम्मान छ । नेतृत्वले तपाईहरुका भावनाको दुरुपयोग गर्यो,यो तथ्य बुझेर तपाईहरु जुन निष्कर्षमा आइपुग्नुभयो यो एकदमै सही छ ।

ओलीले पूर्व लडाकु कमाण्डरहरुलाई राजनीतिक रुपमा उनीहरुको समस्या समाधान गर्ने भन्दै ढुक्क भएर आफू नेतृत्वको पार्टीमा सहभागी हुन आग्रह गरेका छन् । अ‍ोलीले विगतमा प्रचण्डले दिएजस्तो धोखा आफूबाट नहुने समेत बताएका थिए

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार