नेकपा (एस) का मेयर उम्मेदवारले गरे एमालेका उम्मेदवारलाई समर्थन

राजनीति

ss-2

जनकपुरधाम । धनुषाको सबैला नगरपालिकामा नेकपा एकीकृत समाजवादीका मेयर उम्मेदवार राजु गुप्ताले नेकपा एमालेका उम्मेदवारलाई समर्थन गरेका छन् ।

सबैला नगरपालिकामा एमालेका तर्फबाट राज किशोर यादव उम्मेदवार छन् ।

आफ्नो पक्षमा माहोल नदेखेपछि एकीकृत समाजवादीका मेयर उम्मेदवार गुप्ताले एमाले उम्मेदवार यादवलाई समर्थन गरेका हुन् । उम्मेदवार यादव नेकपा एमालेका जिल्ला अध्यक्ष समेत छन् ।

उनलाई मेयरमा समर्थन गरेका गुप्ताले आफ्नो पुरानो घर एमालेमा फर्केको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार