के सत्ता गठबन्धनको भविश्य भरतपुरले निर्धारण गर्छ ?

banner

bharatpur-amsabha-5-party-leader-1024x551

चितवन । देशभरका ७५३ स्थानीय तहमा वैशाख ३० गते एकैपटक निर्वाचन हुँदैछ, तर भरतपुरमा मात्रै सत्ता गठबन्धन बढी केन्द्रित र चिन्तित देखिन्छ । प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले आफ्नो भावी सत्ता भरतपुरको जित र हारमा देखेको कुरा उनका अभिव्यक्तिबाट पनि प्रष्ट देखिन्छ ।

देशको प्रधानमन्त्री सारा काम छाडेर आमसभाभन्दा अघिल्लो दिन नै भरतपुर आएर बास बस्नुबाट उनले भरतपुरको विषयलाई कुन रुपमा लिएका छन् भन्ने थाहा हुन्छ । देउवाभन्दा अगाडि चुनावी सभालाई जय नेपाल भन्दै सम्बोधन सुरु गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०४६ सालमा कांग्रेस र कम्युनिष्ट बीच भएको सहकार्यलाई पार्टीको चुनाव चिह्न रुख र हसिँया हथौडा बीच भएको सहकार्यसँग लगेर जोडे । उनले विस्तृत शान्ति सम्झौता गर्दा पनि रुख र हसियाँ हथौडाका बीचमा सहकार्य भएको बताए ।

गएको स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादी बीच भएको चुनावी तालमेल र आएको नतिजाको विष्लेषण गरेका प्रचण्डले कांग्रेससँगको सहकार्य छाडेर एमालेसँग सहकार्य जानुको अर्थ कांग्रेसले कम्युनिष्टलाई भोट दिन नरुचाएको प्रसङ्ग जोडे ।

उनले चितवनको भरतपुर महानगरपालिकामा नै कांग्रेसले मन खुलाएर मत नदिएको टिप्पणी गर्दै गठबन्धनको निरन्तरताको लागि हो भने, भोट दिन घुमाउरो पाराले दबाव दिए । प्रचण्ड यतिमा मात्रै अडिएनन्, भरतपुरमा रुखले हसियाँ हथौडालाई मत नदिने हो भने देश नै दुर्घटनामा जानेसम्मको चेतावनी दिए ।

कांग्रेसले माओवादीलाई मत दिए, १०(१५(२० बर्षसम्म लाने प्रतिवद्वता प्रचण्डले गरे । हुन त वाम गठबन्धन गर्दा प्रचण्डले अरु ५० वर्ष बामपन्थीलाई कसैले हल्लाउन नसक्ने बताएका थिए । तर उनको त्यो अभिव्यक्ति तीन वर्ष पनि टिकेन ।

सभामा बोल्ने कांग्रेस नेता टेकप्रसाद गुरूङ र निवर्तमान सभापति जितनारायण श्रेष्ठले गठवन्धनको दीगोपनको विषयमा प्रचण्डको धारणा मागेपछि उनले उल्टै कांग्रेसको इमान्दारिताको ग्यारेन्टी खोजे । उनले अगाडि भने, ‘लकिरको फकिर जस्तो हैन, बौद्ध भिक्षु जस्तो घण्टी बजाएर बसिरहने मान्छे हैन प्रचण्ड ।’

प्रचण्डपछि बोलेका कांग्रेस सभापति देउवाले पार्टीको महाधिवेशनको जितलाई समेत लगेर गठवन्धनसँग जोडे । ८२ प्रतिशत मत महाधिवेशनमा गठवन्धनबाटै पाएको देउवाको बताए । उनले प्रचण्डलाई फुर्क्याउँदै भने ‘प्रचण्ड जी सजिलो मान्छे हो ।’

अहिलेको व्यवस्था अनुसार कुनै पनि दलको एकल बहुमत नआउने भन्दै देउवाले गठबन्धन आवश्यक रहेको बताए । पार्टी भित्रको बखेडा विषयमा बोल्दै देउवाले भने, ‘अन्त कहिँ पनि विरोध भएन, तर यहाँ किन विरोध भयो, गठवन्धन टुटाउने षड्यन्त्र भैरहेको छ, त्यसमा लाग्न हुन्न, जिताएर गठबन्धन बलियो हुन्छ । हाम्रो पार्टीले बखेडा गर्न हुन्न । राम्रो काम गरे मौका पाइहाल्नुहुन्छ नि ।’

भरतपुरको मेयर भएर रेनु दाहालले गरेको काम प्रशंसा गर्न देउवाले राम्रै समय खर्चिएका थिए । उनले रेनुले राम्रो काम गरिरहेको उनलाई जिताउनुपर्ने बताए । ‘इन्टरनेशल कन्फ्रेन्स हल बनेको छ, अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनेको छ, यो सानो कुरा हो रु केही पनि बेरुजु नभएको नगरपालिकाको मेयरमा रेनु दाहाल पर्नुभएको छ, कम मेयर होलान् जसको बेरुजु छैन, गल्ली गल्ली पिच भएको छ, काठमाडौंको भन्दा यहाँ जग्गाको भाउ बढ्यो’ देउवाले भने, ‘यस्तो राम्रो काम गर्नेलाई हरायो भने के भन्लान् रु उनले भरतपुरमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल र रेल आउने बताए ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार