कांग्रेस र नेकपा एसका कार्यकर्ताबीच कुटाकुट, प्रहरीद्वारा हवाई फायर

banner

goli-prahar-pestol

बाजुरा । बाजुरामा चुनाव प्रचारप्रसारको क्रममा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भएको छ । जिल्लाको बुढीनन्दा नगरपालिका-९ मा झडप भएको हो ।

एकीकृत समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको आरोपमा झडप सुरू भएको बताइएको छ । कांग्रेसका कार्यकर्ताको कुटाइबाट उनी नेकपा एसका कार्यकर्ता पाण्डुसेन प्रहरी कार्यालय पुगेका थिए ।

एकीकृत समाजवादीका कार्यकर्ता पसेपछि नेपाली कांग्रेसका कार्यकर्ताहरूले प्रहरी कार्यालय तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गिन्द्र बोगटीले बताए । प्रहरीले घटना नियन्त्रणमा लिन हवाई फायरसमेत गरेको छ ।

प्रहरीतर्फ तीनजना र नेपाली कांग्रेसका तीनजना घाइते भएको प्रहरी निरीक्षक बोगटीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार