जिम्बावे ‘ए’ विरुद्धको एकदिवसीय सिरिज नेपाललाई

banner

cricket_x1fjlkanzt

काठमाडौं । तेस्रो तथा निर्णायक खेल ६ विकेटले जितेपछि जिम्बावे ‘ए’विरुद्धको एकदिवशीय शृंखला नेपालले २–१ ले आफ्नो पक्षमा पारेको छ । पहिलोपल्ट टेष्ट राष्ट्रको ‘ए’ टिमसँग खेलेको नेपालले पहिलो शृंखलामै ऐतिहासिक विजय पाएको छ ।

सोमबार जिम्बावे ‘ए’ले दिएको २१४ रनको लक्ष्य नेपालले ३०।१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपालका लागि ओपनर कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय योगदान गरे । कुशलले आशिफ शेखसँग मिलेर पहिलो विकेटका लागि ७३ रनको साझेदारी गरेका थिए । दीपेन्द्रले विनोद भण्डारीसँग मिलेर पाँचौं विकेटका लागि ८४ रनको अविजित साझेदारी गरेपछि नेपालले सहज विजयको लय लिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार