भाइरल म्यान पुण्य गौतम एमालेमा प्रवेश

राजनीति

punya-gautam

काठमाडौं । सामाजिक सञ्जालमा भाइरलम्यानका रुपमा परिचित नेकपा एसका सल्लाहकार पुण्य गौतम एमाले प्रवेश गरेका छन् । राजधानीमा आयोजित सभामा उनी एमाले प्रवेश गरेका हुन् ।

एमाले प्रवेशअघि गौतमले एमालेमा आफूलाई केन्द्रीय सदस्यकै आश्वासन मिलेको बताएका थिए । गौतमसँगै विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरूलाई पनि अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा भित्र्याएका छन् ।

गौतमले २०४५ सालमा नेकपा मसालबाट राजनीति सुरु गरेका हुन् । उनले आफू २०४६ सालको जनआन्दोलनमा पनि सक्रिय सहभागी रहेको बताउने गरेका छन् । पछि उनी एकता केन्द्र हुँदै माओवादीमा लागे ।

२०५२ सालमा माओवादीले गरेको जनयुद्धमा उनी पहिलो लटकै कार्यकर्ता थिए । लडाकुका रुपमा विभिन्न लडाईंको मोर्चामा समेत सहभागी भएका उनी शान्तिप्रक्रियापछि भने निस्क्रिय बने । ६८ सालमा सीपी मैनाली नेतृत्वको नेकपा मालेमा लागे र त्यसको पोलिटब्यूरो सदस्य बने । पछि गौतमसहित नेकपा मालेको एउटा हिस्सा माओवादीमा गाभियो ।

नेकपा एमाले र माओवादीको एकीकरणपछि बनेको ४४१ सदस्यि केन्द्रीय सदस्यमा गौतम पनि अटाएका थिए । तर सपथपत्रमा समेत हस्ताक्षर गरेपछि उनीसहित चारजनाको नाम काटिएको थियो ।

गौतमले राजनीतिशास्त्र र अर्थशास्त्रमा फस्र्ट डिभिजनमा स्नातकोत्तर पास गरेका छन् । पीएचडी सकाएर कन्भोकेसनको पर्खाइमा छन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार