रामवीरलाई सुनिताको जवाफ – जनताले न्याय गर्छन्

राजनीति

sunita-2

काठमाडौं । काठमाडौं महानगरपालिकामा एमालेबाट उपमेयरकी उम्मेदवार सुनिता डंगोलले मतदान गरेकी छिन् । मतदानपछि प्रतिक्रिया दिँदै उनले सबै अधिकार जनताको हातमा रहेको बताइन् ।

एमाले नेता रामवीर मानन्धरले नेकपा एमाले काठमाडौंमा क्लिन स्वीप हुने भनेर दिएको अभिव्यक्तिबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले कसले के भन्छ भन्ने कुरा महत्वपूर्ण नहुने बताइन् । ‘कसले के भन्यो भन्ने टिका टिप्पणी गर्ने समय हैन, सबै अधिकार जनताको हातमा छ । कसले के भन्यो भने पछि नलागौं,’ उनले भनिन् ।

उनले सबै मतदातालाई अधिकारको सदुपयोग गर्न आग्रह गरिन् । ‘आफ्नो मनपर्ने उम्मेदवारलाई मत दिनुहोला,’ डंगोलले भनिन् । उनले पुर्खाले दुःख गरेर ल्याएको अधिकार सदुपयोग गर्नुपर्ने बताइन् । ‘जनताको माया पाएको छु, आशिर्वाद पाउँछु भन्नेमा विश्वस्त छु,’ उनले भनिन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार