निर्वाचनका क्रममा कहाँ–कहाँ तनाव ?

banner

barbise

काठमाडौं । शुक्रबार बिहानदेखि जारी स्थानीय तह निर्वाचनका क्रममा विभिन्न जिल्लाका मतदान केन्द्रहरूमा तनावको अवस्था भएको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णुकुमार केसीले मतदानका क्रममा दुई पक्षबीच झडपका कारण केही स्थानको मतदान प्रभावित बन्ने पुगेको बताए । यद्यपि अधिकांश स्थानको मतदान पुनः सुरु भइसकेको उनको भनाइ छ ।

सर्लाहीमा तनावः
सर्लाहीको धनकौल गाउँपालिकास्थित पशुसेवा मतदान केन्द्रमा गोली चलेको छ । मतदानस्थल र प्रतिनिधि छनोटबारे दलहरुबीच विवाद बढेपछि ढुंगामुढा प्रहार हुन थालेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ६ राउण्ड हवाईफायर गरेको हो । गोली चलेपछि उक्त मतदान केन्द्रको मतदान प्रक्रिया रोकिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले अहिले स्थिति सामान्य हुँदै गएको र केही बेरपछि मतदान प्रक्रिया सुरु हुने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार