माधव नेपालविरुद्ध आपत्तिजनक नाराबाजी

राजनीति

madhav-nepal-1

रौतहट । रौतहटमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध आपत्तिजनक नाराबाजी गरिएको छ । स्थानीय चुनावमा भोट खसाउन मतदान केन्द्र गएका बेला ‘माधव नेपाल चोर है’ भन्दै नाराबाजी गरिएको हो ।

रौतहटको गौर नगरपालिका( १ स्थित रामजानकी कन्या विद्यालयमा नेपालको मतदान केन्द्र थियो । भित्र गएर मतदान गर्ने क्रममा बाहिर नाराबाजी भएको हो । नाराबाजीमा संलग्नहरु कुन पार्टीका कार्यकर्ता हुन् भन्ने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार