रौतहटको गढीमाईमा झडप, १५ जना घाइते

banner

rautahat-jhadap

रौतहट । रौतहटको गढीमाई नगरपालिका ३ लक्ष्मीपुरस्थित खरिदी प्रावि मतदान केन्द्रमा झडप भएको छ ।

उम्मेदवारहरुका समर्थक बीच भएको विवाद झडपमा परिणत हुँदा १५ जना घाइते भएका हुन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल नै प्रयोग गर्नु परेको थियो ।

यस्तै गढीमाई नगरपालिका(६ सिंगारवनमा नेकपा समाजवादीका वडाध्यक्षका उम्मेदवार रामविनोद यादवको मोटरसाइकलमा आगजनी भएको ।

यस्तै रौतहटको फतुवा विजयपुर, मौलापुर, गुजरा लगायतका नगरपालिकाहरुमा पनि विवाद देखिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार