मोरङका १७ मध्ये ८ पालिकामा एमालेको प्रारम्भिक अग्रता, चारवटामा कांग्रेस

banner

image_6483441-16

विराटनगर । मोरङका स्थानीय तहका मेयरमा नेकपा एमालेले अग्रता लिएको छ । कुल १७ स्थानीय तहमध्ये जारी मत परिणमअनुसार एमालेले आठ स्थानीय तहमा मेयर पदमा अग्रता दिएको हो ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार एमालेले सुन्दरहरैचा, उर्लाबारी, मिक्लाजुङ, कानेपोखरी, रंगेली, लेटाङ, केराबारी र बेलबारीमा अग्रता लिएको छ। त्यसैगरी काग्रेसले विराटनगर महानगरपालिका, सुन्दरहरैचा नगरपालिका, ग्रामथान, मिक्लाजुङ, कटहरी, जहदा, बूढीगंगा गाँउपालिकामा काग्रेसले अग्रता लिएको छ ।

उपमेयरमा भने सात स्थानमा काग्रेस र सात स्थानमा एमाले र एक स्थानमा माओवादी केन्द्रले अग्रता लिएको छ । कांग्रेसले कटहरी, जहदा, केराबारी, बूढीगंगा, धनपालथान र सुनपर्षीमा अग्रता लिएको छ । त्यसैगरी विराटनगर, सुन्दरहरैचा, बेलबारी, रंगेली, ग्रामथान, उर्लाबारी, कानेपोखरीमा एमालेले अग्रता लिएको छ । मिक्लाजुङ नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ ।

पथरीशनिश्चरे ,रतुवामाई नगरपालिकाको मत गणना ढिलो गरी सुरू भएकाले मत परिणम सार्वजनिक भएको छैन ।

२०७४ को निर्वाचनमा मोरङका १७ वटा पालिकामा निर्वाचन हुँदा मतदाताको संख्या ५ लाख ७४ हजार ५०० रहेको थियो । पाँच वर्षपछि पुनः स्थानीय तहको निर्वाचन हुन लाग्दा मोरङमा १ लाख ४० हजार ७२३ मतदाता थपिएको प्रदेश निर्वाचन अधिकृत लेवनकाश्यप अधिकारीले बताए ।

मोरङमा २०७४ को भन्दा करिब २० प्रतिशत नयाँ मतदाता अहिले थपिएका छन् । वैशाख २९ सम्म यहाँ कुल मतदाता ७ लाख १५ हजार २२३ थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार