घोराही उपमहानगरमा पछि पर्यो गठबन्धन, एमालेको फराकिलो अग्रता

राजनीति

narulal-chaudhari-uml-and-hem-raj-sharma-mao-ghorahi-dang-1024x624

दाङ । दाङको घोराही उपमहानगरपालिकामा सत्ता गठबन्धनलाई पछि पार्दै नेकपा एमालेले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेको छ ।

पछिल्लो साढे ११ बजेसम्मको मतपरिणाम अनुसार घोराहीमा गठबन्धनको अग्रता तोड्दै एमाले १ हजार २१९ मतले अगाडि छ । एमालेका मेयर उम्मेदवार नरूलाल चौधरीले ११ हजार ४६० मत ल्याएका छन् भने गठबन्धन तर्फबाट माओवादीका हेमराज शर्मा ९डायमण्ड०ले १० हजार २४१ मत ल्याएका छन् । एमालेका चौधरीले मतान्तर बढाउँदै लगेका छन् । यसअघि घोराहीमा गठबन्धनले अग्रता कायम गर्दै आएको थियो ।

उपप्रमुख पदमा पनि गठबन्धनको उम्मेदवारलाई पछि पार्दै एमालेले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेको छ । एमालेबाट उपप्रमुखमा उम्मेदवार बनेकी हिमा डिसीले ११ हजार १३८ मत प्राप्त गरेकी छन् । गठबन्धनबाट कांग्रेस उम्मेदवार भुपबहादुर डाँगीले १० हजार ९४८ मत प्राप्त गरेका छन् । अहिले डाँगी र डिसीबीच १९० मतान्तर छ ।

अहिले वडा। नं। २, १२, १३, १६, १७ मा मतगणना जारी छ । अहिलेसम्म १९ वटा वडामध्ये चार वडामा मतगणना सम्पन्न भइसकेको छ । जसमा एमालेले तीनवटा वडा जितेको छ भने गठबन्धबाट कांग्रेसले एउटा वडा जितेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार