भरतपुर अपडेट : अग्रता बढाउदैं सुवेदी

banner

renu-dahal-biajya-subedi-bhataratpur

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३७ मतको अग्रता बनाएका छन् ।

पछिल्लो मत परिणाम अनुसार सुवेदीले ४ हजार १८१ मत पाएका छन् भने ४ हजार १४४ मतका साथ उनलाई नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले पछ्याइरहेकी छन् । कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ७५३ मत ल्याएका छन् ।

उपमेयरमा कांग्रेसका उम्मेदवारको अग्रता छ ।

दाहाल गठबन्धनतर्फकी उम्मेदवार हुन् भने सुवेदीलाई राप्रपाले सघाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार