विरगञ्जमा सरावगीभन्दा राजेशमान निकै अघि यस्तो मत विवरण

राजनीति

rajeshman-singh-and-bijaya-kumar-sarawagi

पर्सा । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी ९जसपा० का राजेशमान सिंहले मतान्तरलाई थप फराकिलो बनाउँदै लगेका छन् । नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगी भन्दा सिंह २ हजार ५९८ मतले अगाडि छन् ।

९ हजार ५३८ मत गणना हुँदा सिंहले ४ हजार ६५७ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सरावगीले २ हजार ५९ मत ल्याएका छन् । सरावगी निवर्तमान मेयर हुन् । राप्रपाका गिरिश गिरीले १५० मत पाएका छन् ।

त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका इम्तियाज आलमले ३ हजार १० मत पाउँदा लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तम लाल झाले ४८९ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार