उपमेयरमा सुनिताले बनाइन् २१ हजार बढीको मतान्तर

राजनीति

sunita-2

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयर पदमा एमालेकी उम्मेदवार सुनिता डंगोलले विशाल अग्रता बनाएकी छन् । उनले निकटतम प्रतिद्वन्द्वीले भन्दा २१ हजार बढीको मतान्तर बनाएकी हुन् ।

शनिबार दिउँसो २ बजेको आधिकारिक मतगणना अपडेटअनुसार सुनिताले ३२ हजार ६१५ मत पाएकी छन् । यस्तै सत्ता गठबन्धनको तर्फबाट उपमेयरको उम्मेदवार बनेका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ११ हजार २७३ मत पाएका छन् । यी दुई उम्मेदवारबीचको मतान्तर २१ हजार ३४२ मत रहेको छ । यस्तै राप्रपाका उपमेयरका उम्मेदवारले पनि एक्लै ५ हजार ८२० मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार