युक्रेनको डोनबासतिर अघि बढ्दै रुस, युक्रेनी सेना कमजोर हुँदै

अन्तराष्ट्रिय

russian_army_57yyxsikmw

एजेन्सी । रुसको सेनाले पूर्वी युक्रेनको डोनबासको थप भूभाग नियन्त्रण गर्न आक्रमणलाई तीव्र पारेको छ । यस क्षेत्रमा रुसले युक्रेनी सेनाको बेसमा भारी हमला गरिरहेको छ । यस क्षेत्रमा रहेको बीबीसी संवाददाताका अनुसार रुसी सेनाहरू अगाडि बढिरहेका छन् र युक्रेनको रक्षात्मक रेखा कमजोर हुँदै गइरहेको छ ।

युक्रेनको महत्वपूर्ण सहर मारियोपोल कब्जा गरेपछि रुसको मनोबल बढेको छ । मारियोपोलको स्टिल प्लान्टमा लुकेर रुसी सेनासँग लडिरहेका युक्रेनी सैनिकको अन्तिम टोलीले पनि आत्मसमर्पण गरेको छ । रुसले उत्तरपश्चिमी युक्रेनमा हतियार र सैन्य उपकरणको ठूलो भण्डार ध्वस्त पारेको दाबी गरेको छ ।

रुसको रक्षा मन्त्रालयले यी हतियार पश्चिमी देशबाट युक्रेनमा पुगेको बताएको छ । यी हतियारहरू लामो दूरीको मिसाइलहरूद्वारा आक्रमण गरिएको थियो । यद्यपि रुसको यो दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार