बुटवलमा मेयर काँग्रेस, उपमेयर एमाले विजयी

राजनीति

khelraj-sabitra_4pddqzxwrp

बुटवल । बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली काङ्ग्रेसका खेलराज पाण्डे निर्वाचित भएका छन् । एमालेका बाबुराम भट्टराईलाई ७ हजार ५३३ मतान्तरले पराजित गर्दै पाण्डे विजयी भएका हुन् । पाण्डेले ३० हजार १३१ मत प्राप्त गरे भने भट्टराईले २२ हजार ५९७ ल्याए । राप्रपाका मृगेन्द्र शेरचनले ७ हजार ५३३ मत ल्याएका छन् ।

उपमेयरमा एमालेकी सावित्रा अर्याल विजयी भएकी छन् । उनले २४ हजार ९०४ मत ल्याइन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजबादीका चिनबहादुर गुरूङले १७ हजार ९८० मत ल्याए । राप्रपाकी भगवती पाण्डेले ६ हजार ५२९ ल्याएकी छन् । काङ्ग्रेसले बुटवलमा ११ वडा जितेको छ । एमालेले ५ वडामा विजयी भएको छ । तर निर्वाचन आयोगले औपचारिक घोषणा गर्न बाँकी रहेको छ। कार्यकर्ताहरुले र्‍याली निकालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार