५१ प्रतिशत मत गनिसक्दा बालेनको अग्रता झनै फराकिलो

राजनीति

balen

काठमाडौं । काठमाडौँ महानगरपालिकाको मेयर पदमा बालेन साहले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई १६ हजार १२६ मतले पछि पारेका छन् । ९६ हजार ९४४ मत गनिसक्दा साहले हालसम्म ३५ हजार ३७४ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १९ हजार २४८ मत ल्याएका छन् ।

नेपाली काँग्रेसबाट उम्मेदवार बनेकी सिर्जना सिंहले १९ हजार ८३ मत ल्याएकी छन् । काठमाडौँमा अझै ९४ हजार २४२ मत गन्न बाँकी रहेको छ । बालेनले हालसम्म भएको मत गणनाको ३६ प्रतिशत मत ल्याएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार