रुपन्देहीमा माओवादी र एकीकृत समाजवादी निल

banner

rupandehi-district-province-no-5-nepal-scaled_m3bxexcgrd

काठमाडौं । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा रुपन्देहीका १६ वटा स्थानीय तहमध्ये नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले कुनै पनि पालिकामा प्रमुख र उपप्रमुख जित्न सकेनन् । १६ स्थानीय तह (पालिका) रहेको रुपन्देही जिल्लाका १४ वटा पालिकाको मतपरिणाम आएको छ भने २ वटा पालिकाको मतपरिणाम आउन बाँकी छ ।

नतिजा आएका स्थानीय तहमा माओवादी र एकीकृत समाजवादी निल भएको छ । यस्तै मतगणना हुँदै गरेका दुई स्थानीय तहमा पनि एउटामा नेपाली काँग्रेस र अर्कोमा नेकपा एमालेका उम्मेदवार अगाडि छन् । ती दुवै ठाउँमा माओवादी र समाजवादी विजय हुने सम्भावना छैन । मतपरिणाम आएका १४ पालिकामध्ये ९ वटामा काँग्रेस, तीन वटामा एमाले र एक पालिकामा जनता समाजवादी पार्टी र एकमा जनता प्रगतिशिल पार्टीले जित हासिल गरेका छन् । मत गणना हुँदै गरेका तिलोत्तमा नगरपालिकामा काँग्रेस भने कोटहीमाई गाउँपालिकामा एमाले अगाडि रहेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार