आफ्नो वडामा बालेनलाई भोटको ओइरो

banner

balen

काठमाडौं । काठमाडौंका वडाहरूमा नेपाली कांग्रेसले आफ्नो विजययात्रा जारी राखेको छ । भर्खरै सकिएको वडा नम्बर ९ मा पनि कांग्रेस उम्मेदवार वडाध्यक्षमा विजयी भए ।

कांग्रेसका रामकृष्ण श्रेष्ठले २७९० मत ल्याएर वडाध्यक्ष निर्वाचित हुँदा एमालेका रामजी भण्डारीले २२९८ मत ल्याए । सदस्यहरुमा भने एमाले उम्मेदवार विजयी भएका छन् ।

योसहित कांग्रेसले काठमाडौंका १२ वटा वडा आफ्नो पोल्टामा पारेको छ । एमाले भने ७ वटा वडामा रोकिएको छ । वडा नम्बर ९ मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहको मतदाता नामावली भएको वडा हो । यस वडामा उनले भारी मत ल्याएका छन् ।

बालेनको ३३१८ भोट आउँदा मुख्य प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहले १३८२ भोट ल्याएकी छन् । यस्तै एमाले उम्मेदवार केशव स्थापितको ११२० मत आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार