स्वतन्त्रहरुको जितमा अर्घाखाँचीमा दिप प्रज्वलन

राजनीति

received_548360946901516-jpeg

अर्घाखाँची । स्थानीय तह निर्वाचनमा देशका विभिन्न पालिका तथा वडाहरुमा स्वतन्त्र उम्मेदवाहरुले जितेको खुसीयालीमा अर्घाखाँचीमा दिप प्रज्वलन गरिएको छ ।

काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित बालेन्द्र शाहलाई निर्वाचन आयोगले बिजेता घोषणा गरेकै दिन अर्घाखाँचीको बल्कोटमा पनि दिपावली गरिएको हो ।

ूहामीले खुसीयालीमा दिपावलीमात्र होइन सफल कार्यकालको कामनाको लागि प्रार्थना गरेका छौ ।ू स्थानीय युवा पशुपति पाण्डेले भने ूउहाँहरुप्रति युवाहरुको आशा र भविश्य जोडिएको छ । उहाँहरुको डेलीभरीमा हाम्रो भविश्य जोडिएकोले सफल कार्यकालको कामनाका लागि प्रार्थना गरेका हौँ ।ू

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार