बालेन र सुनिताको शपथ आज

राजनीति

dui

काठमाडौं । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित पदाधिकारीहरूले सोमबार शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । राष्ट्रिय सभागृहमा बिहान ११ बजे शपथ ग्रहणको कार्यक्रम तय गरिएको हो ।

महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह ‘बालेन’ लोकप्रिय मतसहित निर्वाचित भएका छन् । उनले ६१ हजार ७६७ मत ल्याए । त्यस्तै, उपप्रमुख पदमा नेकपा एमालेकी युवा उम्मेदवार सुनिता डंगोल निर्वाचित भएकी छन् । उनले ६८ हजार ६१२ मत ल्याइन् ।

त्यस्तै, ३२ मध्ये १२ वटा वडामा नेकपा एमाले तथा १९ वटामा नेपाली काँग्रेस र एउटामा नेकपा एकीकृत समाजवादी विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार