रुसको मिसाइल वर्षाबीच युक्रेन पुगिन् जोली

अन्तराष्ट्रिय

angelina-jolie-viesi-ukrainoje-90107145_zq1wpgruko

किभ । रुस र युक्रेनबीच युद्ध जारी छ । युक्रेनका सहरहरू रुसी मिसाइल र रकेटले युद्धमा ध्वस्त भइरहेका छन्। युक्रेनबाट सबैजना भागिरहेका छन् तर फिल्मको पर्दामा साहसी महिलाको भूमिका निर्वाह गरेकी हलिउड स्टार एन्जेलिना जोलीले वास्तविक जीवनमा पनि बहादुरीको उदाहरण देखाएकी छन् ।

जोली युक्रेनको लवीव सहरमा संयुक्त राष्ट्रसङ्घको सद्भावना दूतका रूपमा आइपुगेकी छिन्, जुन अहिले रुसको लगातार आक्रमणमा परिरहेको छ । उनको युक्रेन आउनुको कारण थाहा नभए पनि बाहिर आएका धेरै भिडियोमा उनले युद्धपीडितलाई भेटेर उनीहरुको हौसला बढाएको देख्न सकिन्छ ।

लवीवमा उनको उपस्थितिको समयमा पनि रूसी सेनाहरूले शहरमा आक्रमण गरेका थिए । एन्जेलिना जोलीले पनि बम शेल्टरको सहारा लिनुपरेको थियो। युक्रेनी समाचार साइटहरूमा उक्त घटनाको भिडियो सार्वजनिक भएको छ, जसमा एन्जेलिना पनि लवीव सहरमा बम विष्फोटको साइरन बज्दा बम सेल्टरमा शरण लिन दौडिरहेको देखिन्छ । एन्जेलिनाले युएनएचसीआर अर्थात् शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्च आयोगको विशेष दूतका रूपमा वर्षौंदेखि काम गरिसकेकी छिन् । यहाँ पनि उनी विशेष दूतका रुपमा पुगेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार