इन्डियन ओयलको कार्यक्रममा एक्कासी पोर्न भिडियो चलेपछि . . .

अन्तराष्ट्रिय

indian_oil_dqn4lnzg1k

एजेन्सी । असम प्रहरीको क्राइम ब्रान्चले इन्डियन ओइलको एउटा कार्यक्रममा स्क्रिनमा ‘पोर्न भिडियो क्लिप’ देखिएको घटनाबारे अनुसन्धान गरिरहेको छ । तिनसुकिया शहरको एउटा होटलमा शनिबार इन्डिन ओइल कम्पनीको तर्फबाट आयोजित यो कार्यक्रममा पेट्रोलियम र प्राकृतिक ग्यास राज्यमन्त्री रामेश्वर तेली पनि उपस्थिति थिए ।

यस गल्तीका लागि तिनसुकिया प्रहरी स्टेशनमा मुद्दा दर्ता गरिएको छ । घटनाको सिलसिलामा क्राइम ब्रान्चले प्रोजेक्ट अपरेटरलाई हिरासतमा लिएको छ र थप कारवाही गरिरहेको छ । घटनासँग जानकारी भएकाहरुलाई जिल्ला उपायुक्त कार्यालयमा आज (बुधबार) सुनुवाईका लागि बोलाइएको छ ।

कार्यक्रममा के भएको थियो ?
भारतीय आयलको मिथेनोल मिसाइएको एम–१५ पेट्रोलको पाइलट रोल आउटको उद्घाटन गर्न केन्द्रीय राज्यमन्त्री रामेश्वर तेली कार्यक्रममा पुगेका थिए ।

मन्त्री तेलीले नीति आयोगका सदस्य डा। वीके सारस्वत, इन्डियन आयलका अध्यक्ष एसएम विद्या, राज्यका श्रममन्त्री सञ्जय किशन, असम पेट्रोकेमिकल्स लिमिटेडका अध्यक्ष बिकुल डेका र वरिष्ठ अधिकारीहरूको उपस्थितिमा एम–१५ पेट्रोलको पाइलट रोल आउटको शुभारम्भ गरे ।

शुभारम्भ कार्यक्रम पछि शहरको एक होटलमा बैठक भयो, जहाँ यक्त घटना भएको थियो । तिनसुकियामा भएको घटनालाई कभर गर्ने पत्रकार राजीव दत्त भन्छन्, ‘इन्डियन ओइयलका एक अधिकारीले स्टेजमा आफ्नो भाषण दिइरहेका बेला उक्त घटना भएको थियो र उनको पछाडि प्रोजेक्टरको स्क्रिन दौडिरहेको थियो, जसमा मिथेनोल मिसाइएको पेट्रोल परियोजना देखाइएको थियो ।

जब प्रोजेक्ट अपरेटरले भिडियो क्लिप फेरिरहेका थिए तब अचानक स्क्रिममा एउटा पोर्न क्लिप चल्यो । यसले उपस्थित मानिसहरूलाई हैरान बनायो । यो भिडियो ३–४ सेकेन्ड मात्र चलेको थियो, सञ्चालकले छिट्टै यसलाई हटाए ।’

यो घटनालाई अनलाइन लाइभ स्ट्रिम गरिएको भनिएको छ र एक भारतीय ओइलका एक अधिकारीले आफ्नो ट्विटर खातामा जुम बैठकको आईडी र पासकोड साझा गरेका थिए ।

घटनाको जवाफ दिँदै मन्त्री तेलीले भने, ‘मैले त्यतिबेला इन्डियन आयलका एक अधिकारीले दिएको भाषण सुनिरहेको थिएँ, स्क्रिनमा हेरेको थिइनँ, त्यसैले मलाई केही थाहा भएन । पछि मलाई मेरा नीजि सहयोगीले घटनाबारे बताए । त्यतिबेला जिल्लाका उपायुक्त पनि त्यहाँ बसेका थिए । मैले तत्काल अनुसन्धान थाल्न निर्देशन दिएँ, सत्य हो भने दोषीमाथि कडा कारबाही हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार