नवनियुक्त आइजिपी मानवअधिकार उल्लंघनकर्ता ?

banner

thumb-1637489307

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुरले सरकारले मानव अधिकार उल्लंघनकर्ताको आरोपीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको टिप्पणी गरेका छन् ।

बुधवार आयोगको कार्यालयमा आयोजित पत्रकार भेटघाटका क्रममा बोल्दै आयोगका सदस्य ठाकुरले नवनियुक्त प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहमाथि मानव अधिकार उल्लंघनको आरोप लागेको बताए ।

उनले मानव अधिकार उल्लंघनकर्तालाई प्रहरी महानिरीक्षक नियुक्त गरेर सरकारले राज्यसत्ताको दुरुपयोग गरेको आरोप लगाए । महानिरीक्षक सिंहको सम्बन्धमा आयोगले अनुसन्धान गरिरहेको पनि सदस्य ठाकुरले बताए ।

‘अहिले आईजीपीको नियुक्ति जुन सरकारले गरेको छ । त्यो नियुक्ति भनेको राज्यशक्ति, अहिले राज्यको तहमा बस्ने प्रधानमन्त्री, गृहमन्त्री वा सरकारले आईजीपी माथि जुन आरोप लागेको छ । मानव अधिकार उल्लंघनकर्ताको रुपमा उनीमाथि आरोप लागेको छ । कुनै बेला कुवेरसिंह रानाामाथि आरोप लागेको थियो २०६५ सालमा । र त्यसबेला आयोगका तत्कालिन अध्यक्ष केदारनाथ उपाध्यायको नेतृत्वको आयोगले सरकारलाई सतर्क गराएको थियो’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार