बस ड्राइभरकी छोरी तथा एकल आमा एनी बनिन् अष्ट्रेलियाकी पहिलो मुसलमान महिलामन्त्री

अन्तराष्ट्रिय

australia1_g6ffjtojw4

एजेन्सी । अस्ट्रेलियाको नयाँ सरकारका २३ मन्त्रीले बुधबार शपथ ग्रहण गरेका छन् । जसमध्ये १० जना महिला छन् । युवा मामिलाकी मन्त्री एनी अली र उद्योग मन्त्री एड हसिक अस्ट्रेलियाका पहिलो मुस्लिम मन्त्री हुन् । हातमा कुरान लिएर शपथ लिने अष्ट्रेलियाकी पहिलो महिला मुस्लिम मन्त्री एनी एली हुन् ।

अष्ट्रेलियाको नयाँ संघीय सरकारलाई देशको इतिहासमा सबैभन्दा विविध सरकार मानिएको छ जहाँ अल्पसंख्यकबाहेक स्थानीय आदिवासी समुदायका प्रतिनिधिहरूलाई पनि स्थान दिइएको छ । पश्चिमी अष्ट्रेलियाकी सांसद एनी अली पहिले लेबर पार्टीमा कार्यकर्ताका रूपमा आवद्ध भएकी थिइन् । त्यसपछि पार्टीको युनियनको सदस्य भइन् र अहिले सांसद चुनिएर मन्त्री बनेकी छिन् ।

शपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै डा. एनी अलीले भनिन्, ‘मन्त्री हुनु मेरो योजनामा कहिल्यै थिएन ।’ डा। अली यसअघि अष्ट्रेलियाको पहिलो महिला सांसद थिइन् । अब उनी पहिलो मुस्लिम महिला मन्त्री पनि बन्ने छिन् । अली पर्थको बाहिरी भागमा रहेको कोवानको सिटबाट निर्वाचित भएकी हुन् । सिटको नाम अष्ट्रेलियाकी पहिलो महिला सांसद एडिथ कोवानको नाममा राखिएको छ ।

एनी अलीको इजिप्टमा जन्म भएको थियो । उनी दुई वर्षकी हुँदा उनको परिवार सिड्नीको दक्षिण (पश्चिम चिपिङ नोर्टनमा बसाईँ सरेको थियो । सन् २०२० मा अनी अलीले घरेलु हिंसाविरुद्ध राष्ट्रिय अभियानको माग गर्दै आफूमाथि भएको घरेलु हिंसाको उल्लेख गरेकी थिइन् ।

त्यसपछि मिडियासँग कुरा गर्दै अलीले भनेकी थिइन्, ‘मैले धैर्य गरेँ । मैले आफ्नो घाउमा मलहम लगाइरहेँ र आफ्नो पीडा लुकाइरहेँ । म चुप बसेँ, निकै लामो समयसम्म म चुप बसेँ । हरेक पीडा, दुःख र उत्पीडन झेलेपछि आफ्नो बच्चाको पितालाई छोड्नु मेरो लागि सबैभन्दा मुश्किल निर्णय थियो ।’

५५ वर्षीय अनी अली राजनीतिमा आउनुअघि प्राध्यापक र शिक्षाविद् थिइन् । उनले ‘आतंकवाद’ को विषयमा पनि अनुसन्धान गरेकी छिन् र बालबालिकाको चरमपन्थतर्फको झुकावबारे उनको अनुसन्धान उल्लेखनीय छ ।

एनी अलीले एडिथ कोवान विश्वविद्यालयबाट पीएचडी डिग्री लिएकी छिन् । राजनीतिमा आउनु अघि उनी पश्चिमी अष्ट्रेलिया प्रशासनमा धेरै महत्त्वपूर्ण पदमा रहिन् । एनी अलीको जीवन प्रेरणादायी छ । आफ्नो जीवनको प्रारम्भिक चरणमा उनले न्युनतम ज्यालामा काम गर्दै एकल आमाको रुपमा आफ्ना सन्तानको पालनपोषण गरिन् ।

एनी अलीलाई फेसनको पनि शौख छ र उनले एक मोडलको रुपमा क्याटवक पनि गरिसकेकी छिन् । एनीका पिताले टेक्सटाइल इन्जिनियरिङको पढाई पनि गरेकी थिइन् तर अष्ट्रेलियामा यस क्षेत्रमा उनले काम पाएनन् । उनी ड्राइभर थिए । अस्ट्रेलियाको करिब २५ करोड जनसङ्ख्यामा करिब ६ लाख मुस्लिम छन् ।

एनी अली मन्त्री बनेपछि अस्ट्रेलियाको मुस्लिम समुदाय पनि खुसी छन् । अष्ट्रेलियन फेडेरेसन अफ इस्लामिक काउन्सिलले एनी अलीलाई उनको सफलताको लागि पत्र लेखेर बधाई दिएको छ । संगठनका प्रमुख अधिकारी, केयर ट्रेडले एक विज्ञप्तिमा भनेका छन्, ‘अष्ट्रेलियामा मुस्लिमहरू सत्ताको शीर्षमा पुग्नु एक शक्तिशाली सन्देश हो । ’ उनले भनेका छन्, ‘अष्ट्रेलियाका युवा मुसलमानले समाजको सेवा गर्न चाहेको खण्डमा राजनीतिक प्रतिनिधित्व पनि एक विकल्प हो भनेर देख्नेछन् ।’

यसले अष्ट्रेलियाका जनतालाई पनि मुस्लिमहरु अष्ट्रेलियाली समुदायको महत्वपूर्ण हिस्सा हो भन्ने सन्देश दिने उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार