पेट्रोलीयम पदार्थको मूल्य घट्यो, (हेर्नुहोस् निगमको विज्ञप्ति)

banner

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटाउने निर्णय गरेको हो ।

निगमका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावअनुरुप मूल्य घटाइएको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रूपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १५३ रूपैयाँ पर्नेछ ।

अर्थ मन्त्रालयले पुर्वाधार कर घटाएर मूल्य समायोजन गर्न लिखित निर्देशन दिएपछि मूल्य घटाइएको निगमले जनाएको छ । सरकारले पेट्रोलियम पदार्थमा लाग्ने प्रतिलिटर १० रूपैयाँ पूर्वाधार कर घटाएको थियो । निगमले खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने घटेको छैन। एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार ८००, हवाई इन्धन (आन्तरिक)को प्रतिलिटर १६६ र हवाई इन्धन (अन्तर्राष्ट्रिय) को मूल्य प्रतिलिटर एक रुपैयाँ ५४ पैसा अमेरिकी डलर छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार