स्पेनमा सेक्सका लागि बन्यो यस्तो कानुन, पुरुषहरूमा चिन्ता !

चुप बसे वा विरोध नगरे पनि मानिनेछ बलात्कार
अन्तराष्ट्रिय

gettyimages-981485210-scaled_qw7etwpcwr

एजेन्सी । ७ जुलाई २०१६ । स्पेनको पाम्प्लोना सहर जहाँ हरेक वर्ष साँढे दौड हुने गर्छ । त्यहाँ १८ वर्षीया युवतीलाई ५ जनाले सामूहिक बलात्कार गर्छन् । बलात्कार गर्दागर्दै भिडियो पनि खिचिएको हुन्छ । भिडियोमा बलात्कार भइरहँदा युवती चुपचाप देखिएकी थिइन् ।

भिडियोलाई उद्धृत गर्दै अदालतले यसलाई बलात्कार मान्न अस्वीकार गर्‍यो। युवतीले बलात्कारको कुनै प्रमाण पेस गर्न नसकेको र यौनजन्य कार्यमा स्पष्ट आपत्ति जनाउन नसकेको अदालतको तर्क थियो । अदालतले पाँच अभियुक्तलाई बलात्कारको नभई यौन उत्पीडनको मात्रै दोषी ठहर गर्‍यो । यो मामिला ुवुल्फ प्याक केसु भनेर निकै चर्चित बन्यो । अदालतको फैसलाविरुद्ध देशभर विरोध प्रदर्शन पनि भयो ।

घटनाको ६ वर्षपछि २६ मे २०२२ । स्पेनको संसद्को तल्लो सदनमा एउटा विधेयक पारित भएको छ । यस विधेयकका अनुसार स्पेनमा पीडितले अब आफूमाथि बलात्कार भएको प्रमाणित गर्नुपर्दैन । यदि उसले यौन कार्यमा स्पष्ट सहमति दिएको छैन भने त्यो बलात्कार मानिनेछ। मौन बस्नु वा विरोध नगर्नुलाई सहमति मानिने छैन । यो विधेयकलाई ‘ओन्ली यस मिन्स यस’ भनिएको छ । तल्लो सदनबाट पारित भएपछि अब स्पेनको सिनेटमा पेस गरिने छ ।

 ‘ओन्ली यस मिन्स यस’ विधेयकमा के छ ?
स्पेनको तल्लो सदनले मे २६ मा यौन स्वतन्त्रताको ग्यारेन्टी विधेयक पारित गरेको थियो । २०१ मध्ये १४० सांसदहरूले यसको समर्थनमा मतदान गरे । अब यो विधेयक त्यहाँको सिनेटमा पेस हुनेछ । यहाँबाट पारित भएपछि यो विधेयक कानुन बन्नेछ ।

यो विधेयक अन्तर्गत महिलाको गोप्य अंगलाई हानि पुर्‍याउने, जबरजस्ती विवाह, यौन दुर्व्यवहार, यौन शोषणका लागि बेचबिखन जस्ता मुद्दामा यौन हिंसा सम्बन्धी कानुन बमोजिम कारबाही हुनेछ ।

डिजिटल प्लेटफर्ममा यौन हिंसालाई पनि विशेष ध्यान दिइनेछ। यो यौन हिंसालाई बढावा दिन, सहमति बिना अश्लील सामग्री सिर्जना गर्न र यौन कार्यमा भाग लिन अनलाइन आमन्त्रित गर्नु पनि अपराध हो।

विधेयकमा बलात्कार र अन्य यौन दुर्व्यवहारका मुद्दालाई एउटै दायरामा राखिनेछ । यसमा पनि त्यस्तै कारबाही हुनेछ। साथै, अभियुक्तले यौनजन्य कार्य गर्नुअघि पीडितलाई जानकारी नदिई कुनै नशा वा लागू औषध दिएमा पनि कसुर मानिनेछ ।

सहमतिबिना आपत्तिजनक तस्बिर शेयर गर्नु पनि विधेयक अन्तर्गत अपराध हुनेछ । विधेयकमा लैङ्गिक स्टिरियोटाइप वा महिला विरुद्ध हुने यौन हिंसालाई बढावा दिने विज्ञापनलाई गैरकानूनी मानिने उल्लेख छ । यसका साथै प्रणामसँग सम्बन्धित हरेक विज्ञापनमा पनि प्रतिबन्ध लगाइनेछ ।

‘ओन्ली मिन्स यस’ विधेयक अन्तर्गत सहमतिविना शारीरिक सम्बन्ध राख्नेलाई १५ वर्षसम्म जेल सजाय हुन सक्छ। यसका साथै यौन हिंसा गर्ने नाबालिगलाई लैङ्गिक समानता तालिम र यौन शिक्षा दिइनेछ । डिजिटल क्षेत्रमा विशेष ध्यान दिई अध्ययनमा यौन शिक्षा अनिवार्य गरिनेछ । यसले सबैलाई यौन स्वतन्त्रताको महत्त्वबारे सचेत गराउनेछ।

विधेयकमा यस्ता घटनामा पीडितका लागि २४ सै घण्टा क्राइसिस सेन्टर पनि स्थापना गरिने छ । पीडित र उनको परिवारको विशेष हेरचाह गरिनेछ। विधेयकमा स्पेन सरकारले २०२४ सम्ममा प्रत्येक प्रान्तमा कम्तीमा एउटा सङ्कट केन्द्र खोल्ने वाचा गरेको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार