युक्रेनको २० प्रतिशत भू–भाग रूसको कब्जामा

अन्तराष्ट्रिय

war-ukrine-russia

एजेन्सीे । रूसले युक्रेनको २० प्रतिशत भूभाग कब्जा गरेको यूक्रेनले दाबी गरेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले बिहीबार भने, ‘हाम्रो कुल भूभागको झण्डै २० प्रतिशत भूभाग रूसले कब्जा गरेको छ ।’

देशको पूर्वी सिमा क्षेत्रमा पृथकतावादीहरूले कब्जा गरिरहेकै ठाउँमा रूसले कब्जा गरेको उनको भनाइ छ । युक्रेनमा लामो समयदेखि आन्दोलनरत पृथकतावादीहरुलाई पहिले पनि रुसको सहयोग र समर्थन रहेको यक्रेनले आरोप लगाउँदै आएको छ ।

लक्जम्बर्गमा सांसदहरुलाई सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति जेलेनेस्कीले आफ्नो भूमि रक्षाका लागि आफुहरु सधैँ संघर्ष गरिरहँनु पर्ने बताए । उनले निराश नहुँन र कुनैपनि हालतमा पछाडि नहट्न सबैलाई आग्रह गरे ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार