दिल्ली प्रहरीको विशेष टोली काठमाडौंमा !

banner

bishop1654271351

काठमाडौं । भारतको पन्जाबका गायक सिद्धु मुसेवालाको हत्यामा आफ्नो ग्याङ संलग्न रहेको स्वीकार गरेका एकजना ग्याङस्टरको सूचनापछि दिल्ली प्रहरी नेपाल आएको खुलेको छ ।

भारतीय मिडियाकाअनुसार मुसेवालाको हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गर्न दिल्ली प्रहरीको विशेष टोली शुक्रबार नेपाल नेपालमा आएको छ । भारतीय सञ्चारमाध्यम टाइम्स नाउले मुसेवालाको हत्यामा आफ्नो ग्याङको संलग्नता रहेको स्वीकारेका उत्तर भारतका नामुद ग्याङस्टर लरेन्स बिशनोईले हत्यामा संलग्न सबैजना नेपाल गइसकेको बताएको उल्लेख गरेको छ । सुरुमा उनले आफूहरूको संलग्नता अस्वीकार गरेका थिए । तर, दिल्ली प्रहरीको केरकारपछि उनले गायक मुसेवालासँग आफ्नो ग्याङका सदस्यहरूको दुस्मनी रहेको स्वीकार गरेको हिन्दुस्तान टाइम्सले लेखेको छ ।

तर, उनले मुसेवालाको हत्यामा आफू संलग्न नरहेको दाबी गरेका छन् । उनले आफ्नो ग्याङका सदस्यहरू भने हत्यामा संलग्न रहेको बताएको पीटीआईलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेको छ । विशेष स्रोतको हवाला दिएर इन्डिया टुडेले गायक मुसेवालाका हत्यारा हिमालयन राष्ट्र नेपाल आएको विश्वासका साथ दिल्ली प्रहरी नेपाल आएको बताएको छ । हिन्दुस्तान टाइम्सले नेपालसहित मुजाफ्फरनगरमा पनि अपरेसन चलाइरहेको उल्लेख गरेको छ ।

हत्यामा संलग्न सबैको पहिचान खुलिसकेको र उनीहरूको खोजिकार्य जारी रहेको टाइम्स नाउको समाचारमा दाबी गरिएको छ ।

अपराध दुनियाँमा ग्याङस्टार लरेन्स बिशनोई भारतमा चर्चित नाम हो । उनी दिल्लीको तिहार जेलमा थिए । पछिल्लो घटनापछि उनलाई हिरासतमा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार