आज, तियानमेन स्क्वायर नरसंहारको ३३औं वर्ष पूरा, के भएको थियो ?

अन्तराष्ट्रिय

teyanmen

एजेन्सी । चीनले ३३ वर्षअघि भएको आन्दोलनलाई दमन गर्न हजारौं निहत्था विद्यार्थीमाथि ट्यांक चढाएको थियो । चिनियाँ कम्युनिष्ट पार्टीको आदेशमा जनयुद्धको यो कारबाहीमा १० हजारभन्दा बढी विद्यार्थी मारिएका थिए ।

यी विद्यार्थीहरू सन् १९८९ को जुनमा बेइजिङको तियानमेन स्क्वायरमा प्रजातन्त्र पुनःस्थापनाको समर्थनमा भेला भएको बताइएको छ । यो घटनाको क्षण आजभन्दा ३ वर्षअघि सार्वजनिक गरिएको बेलायती गुप्तचर कूटनीतिक दस्तावेजमा उल्लेख छ ।

तियानमेन स्क्वायर हत्याकाण्डका बेला चीनको राजधानी बेइजिङमा तैनाथ तत्कालीन बेलायती राजदूत एलन डोनाल्डले लण्डनलाई पत्र पठाएर घटनाको पूर्ण विवरण दिएका थिए । पत्रमा उनले यो घटनामा कम्तीमा १० हजार मानिसको मृत्यु भएको लेखेका थिए । यो पत्र बेलायतको राष्ट्रिय अभिलेखालयमा राखिएको छ ।

चीनमा भएको यो घटनाको रिपोर्टिङलाई पनि त्यसबेला चीनबाट व्यापक रूपमा सेन्सर गरिएको थियो । यस घटनाको रिपोर्टिङमा चीनमा अझै पनि कडा प्रतिबन्धहरू छन् ।

के भएको थियो ?
जुन १९८९ मा, लाखौं प्रजातन्त्र समर्थक कार्यकर्ता बेइजिङको तियानमेन स्क्वायरमा भेला भए । यसमा ठूलो संख्यामा विद्यार्थी र मजदुरहरुको समेत सहभागिता रहेको थियो । कम्युनिष्ट पार्टीका पूर्व महासचिव तथा सुधारवादी हु याओबाङको मृत्युपछि यी विरोधहरू सुरु भएका हुन् ।
राजनीतिक र आर्थिक नीतिको विरोधका कारण तत्कालीन चिनियाँ सरकारले हु याओबाङलाई पदबाट हटाएको थियो । जसपछि उनको हत्या भएको थियो ।

छ हप्ता लामो प्रदर्शनलाई शान्त पार्न, जुन ३–४ मा, चिनियाँ सेनाले शान्तिपूर्ण रूपमा प्रदर्शन गरिरहेका निहत्था नागरिकहरूमाथि बन्दुक र ट्यांकहरू चलाएको थियो । यस कारबाहीमा ठूलो संख्यामा प्रदर्शनकारी मारिएका थिए ।
यस क्रममा चिनियाँ सेनाको ट्यांक रोक्न खोजेका एक युवकको तस्बिर सार्वजनिक भएपछि यो ठाउँ विश्वभर चर्चित भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार