हचुवामा साइकल लेन बनाउनु हुन्न : मेयर बालेन शाह

राजनीति

fh-2

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले अध्ययनबिना साइकल लेन बनाउन नसकिने जनाएका छन । साइकल दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर साहले काठमाडौंमा साइकल लेन सञ्चालन गर्नुअघि अध्ययन अनिवार्य भएको बताएका हुन् ।

‘जुन बाटोमा साइकल गुड्छ, त्यही बाटोमा गाडी हिडछ । मानिस दुर्घटनामा पर्ने सम्भावना हुन्छ’, मेयर शाहले दरवारमार्गमा आयोजित एक कार्यक्रममा भने, ‘बाहिरतिर साइकल लेन छुट्टै हुन्छऽ फुटपाथ जस्तै वार लगाएको हुन्छ अनि सुरक्षित महशुस हुन्छ । गाडीहरुको स्पिड बढी हुने भएकाले दुर्घटनाको सम्भावना बढी हुन्छ । सुरक्षा पहिलो मुद्दा हुनुपर्छ ।’

उनका अनुसार हचुवाको भरमा साइकल लेन बनाउने भन्दापनि व्यवस्थित तरिकाले लेन निमार्ण गरिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार