एकीकृत समाजवादीले यी नेतालाई बनाउँदै छ मन्त्री

banner

sss

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पुराना मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाउने भएको छ । आइतबार बसेको सचिवालय बैठकले पुराना मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई जिम्मेवारी दिन लागेको हो ।

सम्मानित नेता झलनाथ खनालले २४ घण्टाभित्रै मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीको रुपमा पठाइने जानकारी दिए । ‘२४ घण्टाभित्रै मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय भएको छ । पुरानाको ठाउँमा अब भोलि नै नयाँ मन्त्री पार्टीले पठाउँछ’ नेता खनालको भनाइ छ ।

समाजवादीले पुराना मन्त्री फिर्ता बोलाउने निर्णयसँगै नयाँ मन्त्री को को बन्लान् भन्ने चासो बढेको छ । पार्टी नेताहरुका अनुसार नयाँ मन्त्री छान्ने जिम्मेवारी पार्टी शिर्ष नेताहरुलाई दिएको छ । स्रोतका अनुसार सो पार्टीबाट नयाँ मन्त्रीका रुपमा जीवनराम श्रेष्ठ,मेटमणि चौधरी, शेबहादुर कुँवर र हिराचन्द्र केसीको पठाउने तयारी छ । राज्य मन्त्री भवनी खाँपुङलाई बढुवा गरेर स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिने स्रोतले जनाएको छ ।

खपुङलाई विरोध खतिवडाको ठाउँमा मन्त्रीको रुपमा पठाइने भएको छ । यस्तै सहरी मन्त्री रामकुमारी झाक्रीको ठाउँमा मेटमणि चौधरी, पर्यटनमन्त्री प्रेम आलेको ठाउँमा जीवनराम श्रेष्ठ र श्रम मन्त्री किसान श्रेष्ठको ठाउँमा शेरबहादुर कुँवरलाई पठाइने भएको छ । हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार