जीवनरामहरु हेरेको हेर्यै, यसरी रोकियो मन्त्री मण्डल हेरफर

banner

cabinet_deuba_qvnmn2jkgu

काडमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको आइतबार बसेको सचिवालय बैठकले आफ्ना चार जना मन्त्रीलाई फिर्ता बोलाएर उक्त स्थानमा अन्य चार जनालाई पठाउने निर्णय गरेको थियो । सो निर्णयसँगै पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टीबाट मन्त्रीमा सिफारिस भएका चार जनाको नाम पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका थिए ।

सोमबारका लागि शपथग्रहणको व्यवस्था मिलाउनु होला भनेर अध्यक्ष नेपाल आइतबार बालुवाटारबाट बाहिरिएका थिए । लगत्तै मन्त्रिपरिषद् हेरफेरको चर्चा आइतबार दिनभर चुलियो । सरकारबाट पार्टीले फिर्ता बोलाएका नेकपा एकीकृत समाजवादीका नेताहरुले तत्कालै प्रधानमन्त्री देउवासँग भेट गर्न चाहेका थिए तर त्यो सम्भव भएन ।

सोमबारका लागि शपथग्रहणको व्यवस्था मिलाउनु होला भनेर अध्यक्ष नेपाल आइतबार बालुवाटारबाट बाहिरिएका थिए । लगत्तै मन्त्रिपरिषद् हेरफेरको चर्चा आइतबार दिनभर चुलियो । सरकारबाट पार्टीले फिर्ता बोलाएका नेकपा एकीकृत समाजवादीका नेताहरुले तत्कालै प्रधानमन्त्री देउवासँग भेट गर्न चाहेका थिए तर त्यो सम्भव भएन ।

सोमबार बिहानै नेकपा एकीकृत समाजवादीका चार जना मन्त्री विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आलेमगर र किसान श्रेष्ठले प्रधानमन्त्री देउवासँग भेट गरी मन्त्रीबाट हटाएको विषयमा गुनासो गरेका थिए । प्रधानमन्त्री देउवाका नीजि सचिवालयका एक सदस्यले भने, ‘बजेट पारित हुन बाँकी छ, चुनाव नजिक आइसक्यो, नयाँ आर्थिक वर्ष आउन लागेको छ, यस्तो अवस्थामा मन्त्री हेरफेर गरियो भने सबैतिर असर पर्न सक्छ, त्यसैले यसलाई रोक्नुपर्छ भनेर उहाँहरुले प्रधानमन्त्री देउवालाई भन्नुभयो ।’

स्रोतका अनुसार उनीहरुले बजेटको बारेमा संसदमा छलफल भइरहेको छ, त्यसको जवाफ दिन बाँकी नै रहेको भन्दै नयाँ मन्त्रीलाई मन्त्रालयगत बजेटको बारेमा केही थाहा नहुने भएकाले संसदमा जवाफ दिनसमेत कठिन हुने तर्क गरेका थिए ।

मन्त्रीहरुले आआफ्नो गुनासो राखिसकेपछि प्रधानमन्त्री देउवाले अहिले मन्त्री हेरफेर हुँदैन, तपाईहरु आआफ्नो काममा लाग्नुस् भनेर बालुवाटारबाट फर्काएका थिए । उनीहरु फर्केर आआफ्नो मन्त्रालय गएर काम गर्न थालेका छन् ।

नागरिक उड्डयन तथा संस्कृति मन्त्री प्रेम आलेमगरले भने, ‘मन्त्री हेरफेर हुन्छ कि हुँदैन थाहा छैन तर प्रधानमन्त्रीज्यूले तपाईहरु आआफ्नो काममा लाग्नुस् भनेर पठाउनु भएको छ ।’ आफू मन्त्रालयमा पुगेर नियमित काम गरिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार